Header Ads

आजदेखि टुँडिखेलमा रामदेवको योग शिविर, राष्ट्रपति यादवले उद्घाटन गर्ने

काठमाडौं । चर्चित भारतीय योग गुरु रामदेवले शुक्रबारबाट टुँडिखेमा योग शिविर सञ्चालन गर्दैछन । योग शिविर सञ्चालनका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका रामदेवले आफै योग शिकाउने छन । उनी काठमाडौंस्थित पतञ्जली योगपीठको कार्यालय मण्डिखाटारमा बसेका छन ।

रामदेवले नेपाल र भारतबीच रहेको वर्षौं पुरानो सम्बन्धलाई योग शिविरले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन । स्वस्थ जीवन जिउन चाहने हो भने योग गर्न उनले सबैलाई आग्रह गरेका छन्। रामदेवले शुक्रबारदेखि मंगलबारसम्म टुँडिखेलमा निःशुल्क योग शिविर सञ्चालन गर्नेछन् ।

 शिविरको राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बिहान उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबारको शिविर बिहान सवा पाँच बजेदेखि पौने आठ बजेसम्म सञ्चालन हुनेछ। रामदेवले लोकतन्त्र दिवसको अवसर पारेर शुक्रबार साँझ ४ बजेदेखि ६ बजेसम्म विद्यार्थी तथा अभिभावकका लागि छुट्टै योग प्रशिक्षण सञ्चालन गर्नेछन् ।

रामदेव ध्यान र योगको माध्यमबाट स्वास्थ्य चेतना विस्तार गर्ने अभियान लिएर विश्व भ्रमणमा छन्। रामदेव आएपछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनको आश्रम वरपरका क्षेत्रमा सुरक्षाकर्मी बढाइएको प्रहरीले बताएको छ।
Powered by Blogger.