आज लोकतन्त्र दिवस , जनताको संविधान खोई ?
काठमाण्डौ । आज लोकतन्त्र दिवस, वास्तबमा आज जनताले संविधान खोई भनेकाछन् । नेता आज सम्म पनि सहमतीकै रटानमा छन् । आज लोकतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । विसं २०६२ र ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ ।
१० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइएको छ ।
यसैका जगमा तत्कालीन नेकपा माआवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
देशलाई आर्थिक समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि हो । दलहरु सहमती स्वरूप अघि बढे अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती झन् झन् जटिल बन्दै गएको छ। लोकतन्त्र संस्थागत हुन नसकेकोमा आम नागरिकमा निराश छाएको छ ।
