Header Ads

'संकटको सामना मिलेर गरौं' भन्दै पूर्वराजा भारत हानिए

काठमाडौं, बैशाख १७ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहको स्वास्थ्य उपचारको क्रममा बुधबार दिल्ली प्रस्थान गरेका छन्। प्राकृतिक प्रकोपबाट देश र जनता छटपटाइरहेका बेला पारिवारिक दायित्वका लागि दिल्ली जानु परेको उनले बताएका छन।

 दिल्ली प्रस्थान गर्नुअघि पूर्वरानी मलको स्वास्थ्यलाभको कामना गर्न पुगेका शुभचिन्तकहरूसँग ज्ञानेन्द्रले भने, ‘म पारिवारिक दायित्वका लागि दिल्ली जाँदै छु। तर मेरो मन भूकम्पबाट छटपटाइरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँगै हुनेछ।' मुटुमा केही समस्या देखिएपछि कोमललाई दिल्लीस्थित अस्पताल फोटिज एक्सर्ट हार्ट इन्स्टिच्युटमा बुधबार भर्ना गरिएको छ ।

उपचारका लागि केही दिन लाग्नसक्ने पूर्वराजाका सहयोगी फडिराज पाठकले बताए। पूर्वराजाले शुभचिन्तकहरुसँग राखेको भनाइ उद्धृत गर्दै पाठकले भने, ‘हामीले अनेक संकट र दैवीप्रकोप सबै मिलेर सामना गरेका छौं।' पूर्वराजा ज्ञानेन्द्रले भूकम्पबाट आक्रान्त मुलुकको पुनर्निर्माणमा सबै जुट्नुपर्ने बताए ।

 दुई साताअघि पत्नी कोमल र परिवारका सदस्यसहित दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र मातातीर्थ औंसीको अघिल्लो दिन आमा रत्नको दर्शनका लागि काठमाडौं फर्केका थिए।
Powered by Blogger.