घर भत्किए पनि बिहे भत्किएन !
काभ्रे । मोटरसाइकलबाट ओर्लेर बेहुला नारायण तिवारी महादेवस्थान मन्दिर छिरे । छेवैको घरबाट बेहुली अमिता नेपाल सर्याक सर्याक हिंड्दै आइन् । अमिता त दुलही भेषमै सजिएकी थिइन् ।
नारायण भने ज्याकेट, जिन्स पाइन्ट र स्पोर्टस् सुजमा ठाँटिएका थिए ।
शनिबारको भुइँचालोमा उनका सबै लुगाफाटा काभ्रे महादेवस्थान– ४ स्थित घरमा पुरिएका थिए । त्यसो त अमिताको घर पनि कहा सद्दे थियो र ! बेहुलाबेहुलीले मायाको चिनो साटे । पुरोहित शम्भुप्रसाद गुरागाईंले मन्त्र पढ्दै आशिष दिए ।
बिहेका सबै रीत पुर्याएपछि अमिता र नारायण भुइाचालोपछिको नयाँ जीवनमा प्रवेश गरे । महाभूकम्पले सर्वाधिक क्षति गरेको सिन्धुपाल्चोकसँग जोडिएको यो गाविस स्वयंका कुनै घर सद्दे छैनन् । भलै जीवनको नोक्सानी खासै भएन । भत्केका घरभित्र पुरिएका सम्पत्ति, यो दृश्य बिर्साउने गरी अहिलेसम्म कतैबाट कुनै राहत पुगेको छैन ।
दुलहीकी काकी लीलाले भनिन्, ‘जे नहुनु भइगयो, घरैमा धुमधाम बिहे गराउने रहर थियो, दुवै पक्षको घर भत्किएपछि मन्दिरमा आइयो ।’कान्तिपुर दैनिकमा समाचार छ ।