Header Ads

फेरि भूकम्प आउने गलत हल्लाले राजधानीबासी आतंकित, हल्लाको पछि नलाग्न र घरको सुरक्षा गरेर बस्न प्रहरीको आग्रह

काठमाडौं, वैशाख १७ । फेरि भूकम्प आउन लागेको भन्ने गलत हल्ला एकाएक फैलिएपछि राजधानीबासी आतंकित भएका छन् ।

प्रहरीले हल्लामा विश्वास नगर्न र घरको सुरक्षा गर्न सबैमा अनुरोध गरेको छ ।

ललितपुरमा मानसिक सन्तुलन गुमाएका एक व्यक्तिले फेरि भूकम्प आउन लागेको भन्दै हिँडेपछि काठमाडौं उपत्यकाका नागरिक घरबाट बाहिर निस्किएर खुला स्थानमा जम्मा भएका छन् ।

प्रहरीले गलत हल्ला फैलाउने व्यक्तिको खोजी जारी राखेको जनाएको छ ।


Powered by Blogger.