Header Ads

१३ वर्षे किशोरद्वारा १८ वर्षीया किशोरी बलात्कृत

सङ्खुवासभा— चैनपुर–६, कार्तिकेमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षका तेञ्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। गत मङ्गलबार पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद लिई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय, चैनपुरका ईन्स्पेक्टर राजेन्द्र बस्नेतले जनाए। सोमबार सँगै घाँस काट्न जङ्गल जाँदा शेर्पाले आफूलाई जबर्जस्ती करणी गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छन्। पीडित किशोरी केही सुस्त मनस्थितीको रहेको प्रहरीले जनाएको छ। घटनापछि भागेका शेर्पालाई जङ्गलको गोठमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। -
Powered by Blogger.