सगरमाथा हिमपहिरोमा ज्यान गुमाउनेमा गुगलका ईन्जिनियर पनि
काठमाडौ, बैशाख १३ । शनिबार गएको भूकम्पलगत्तै सगरमाथा आधारशिविर क्षेत्रमा आएको हिमपहिरोमा परी गुगलका ईन्जिनियर डान फ्रेन्डिनवर्गको मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
हिमपहिरोमा परेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनका बहिनी मेगानले शनिबारै इन्स्टाग्राममा फोटोसहितको सन्देश पोष्ट गरेर दाजूको मृत्युको पुष्टि गरेकी हुन् । शुक्रबार मात्रै फ्रेन्डिनवर्गले सगरमाथा आधारशिविर क्षेत्रमा तालिम गर्दै गरेको तस्विर इन्स्टाग्राममा पोष्ट गरेका थिए ।
फ्रेन्डिनवर्ग गुगलको इन्नोभेसन ल्याब गुगल एक्सका प्राइभेसी हेड हुन् । उनी अघिल्लो बर्षसमेत सगरमाथा क्षेत्रमा आएको बताइएको छ । संसारका विभिन्न हिमाल चढिसकेका उनी अनुभवी आरोही मानिन्थे ।
शनिबार सगरमाथा क्षेत्रमा गएको हिमपहिरोले कम्तिमा १० जनाको मृत्यु भएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलाले पुष्टि गरेका छन् । शनिबार नेपालका विभिन्न स्थानलाई केन्द्र बनाएर दर्जन बढी शक्तिशाली भूकम्प गएको थियो ।