महाभूकम्पमा मर्ने १३४१ पुगे ...
काठमाडौ, बैशाख १३ । शनिबार गएको महाभूकम्पमा मर्नेको संख्या साँझ ११ बजेसम्ममा १ हजार ३ सय ४१ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा मानवीय क्षति भएको छ ।
हजारौं घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
४४४७४ बढी घाइतेले उपचार गराइरहेका छन् । अस्पतालको चौरमा पनि राखेर घाइतेको उपचार भइरहेको छ । पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ ।
भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् । भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।