नास्प सम्मेलन नेपालका लागि ऐतिहासिक : प्रधानमन्त्री कोइराला
जकार्ता, वैशाख ११ । प्रधानमन्त्री सुशील कोइरालाले इन्डोनेसियाको जकार्तामा सम्पन्न नास्पको सम्मेलन विश्व शान्ति र समृद्धिका लागि निकै महत्वपूर्ण एवं ऐतिहासिक रूपमा उपलब्धिपूर्ण रहेको वताउनुभएको छ ।
सम्मेलन समाप्त भएपछि रासस र नेपाल टेलिभिजनलाई दिनुभएको विशेष अन्तरवार्तामा उहाँले विश्वका एकसयभन्दा वढी देशका नेताहरू एकै ठाउँमा भेला भएर यस क्षेत्रको शान्ति र स्थिरताका लागि सामुहिक रूपमा गर्नुभएको प्रतिवद्धताले नयाँ युगको सुरुवात समेत गरेको उल्लेख गर्नुभयो ।
आर्थिक, सामाजिक तथा भौतिक विकासका लागि शान्ति र स्थिरता अति आवश्यक पर्ने हुनाले सम्मेलनले यसै विषयमा जोड दिँदै सामूहिक रूपमा प्रतिवद्धता जनाउनुले सम्मेलन ऐतिहासिक बनेका हो प्रधानमन्त्री कोइरालाले भन्नुभयो । उहाँले भन्नुभयो, गौतम बुद्ध जन्मनुभएको देश नेपाल सधै विश्व शान्ति र स्थिरता चाहन्छ ,मैले यही कुरालाई सम्मेलनमा सम्बोधनका क्रममा विश्व समुदायलाई अवगत गराएँ, मेरो कुरालाई विश्वका राजनेताले उच्च सराहना गर्नुभयो ।
ऐतिहासिक बाङडुङ सम्मेलनले पारित गरेका घोषणापत्रमा उल्लेख भएका पञ्चशील , असंलग्नता नेपालको परराष्ट्र नीतिमा समावेश रहेकोले बाङडुङ सम्मेलनको घोषणालाई नेपालले उच्च महत्व दिँदै आएको छ प्रधानमन्त्री कोइरालाले भन्नुभयो । विश्व शान्ति र स्थिरताका लागि सामूहिक एकता र प्रयासको खाँचौ औल्याउँदै प्रधानमन्त्री कोइरालाले अवको विश्वलाई एशिया र अफ्रिकाले नेतृत्व दिने हुँदा यसका लागि यस क्षेत्रमा थप सहकार्य आवश्यक रहेको वताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले यस क्षेत्रबाट आतंकबाद , गरिवी, बेरोजगार र अशान्ति अन्त्य गरी जनताको जीवनस्तर माथि उठाउन सम्मेलनले मार्ग दर्शन गरेका विषयलाई कार्यान्वयनमा उतार्नुपर्छ भन्नुभयो । इन्डोनेसियाका राष्ट्रपति जाको विडोडो, चीनका राष्ट्रपति सि जिन पिङलाई आफूले नेपाल भ्रमणको निम्ता दिएको र यसमा उहाँहरूले समय मिलाएर नेपाल भ्रमण गर्छु भन्नुभएको उहाँले जानकारी गराउनु भयो ।
सम्मेलनमा आएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग आफूले भेट गरी कुराकानी गर्दा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा भैरहेका प्रगति बारे विश्व समुदायलाई अवगत गराउने अवसर मिल्यो, प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।