Header Ads

हलिउड नायिकाविरुद्ध कुखुरा चोरेको भन्दै मुद्दा दायर

एजेन्सी । ‘फ्रेन्डस् विथ बेनिफिट’की नायिका मिला कुनिसमाथि आफूलाई उनको बाल्यकालको साथी बताउने एक युवतीले आफ्नो कुखुरा चोरेको भन्दै मुद्दा हालेकी छिन् ।

३१ वर्षीया कुनिस माथि क्रिस्टिना कारो नाम गरेकी युवतीले २५ वर्ष अगाडि युक्रेनमा आफ्नो घरपालुवा कुखुरा चोरेको आरोप लगाएकी हुन् । ती युवतीले कुनिसमाथि ५ हजार डलर क्षतिपूर्ती माग गरेकी छिन् ।

संगीतमा आफ्नो करियर बनाउन संघर्ष गरिरहेकी क्रिस्टिनाले कुनिसले आफ्नो डगी नाम गरेको कुखुरा चोरेको र पछि माफी मागेको दाबी गरेकी छिन् ।

कुनिसमाथि ‘भावनात्मक तनाव’ पुर्याएको भन्दै मुद्दा दायर गरिएको छ । यता, कुनिस र उनका पछि एस्टन कुचरले भने एक भिडियो जारी गर्दै ती युवतीको दाबीको खिल्ली उडाएका छन् ।
Powered by Blogger.