काठमाडौंमा बाटो काट्नै गाह्रो रहेछ : हलिउड अभिनेत्री मिचेल
काठमाडौं, वैशाख १२ । ‘तपाईहरू यहाँ (काठमाडौं) को सडकमा हिँड्न सुरक्षित महसुस गर्नु हुन्छ ?’ हलिउड अभिनेत्री मिचेल योहले प्रश्न गरिन् । र, आफैले उत्तर दिइन्,’ म त कारबाट घुमे । तर, बाटो चाहिँ काट्न सकिदन होला ।’
आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाईल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल ‘बालबालिकासँग सडक सुरक्षाबारे अन्तरक्रिया गरिरहेकी थिइन् ।
स्कुलका साना भाईबहिनी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारी ध्यान दिएर सुनिरहेका थिए । मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तरक्रिया गरिन् । उनीहरूले सडक सुरक्षाका बारेमा गरेको सुनासो सुनिन् । बालबालिकाले गरेको जेब्राक्रसिङ, ट्राफिक लाईट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्याको मिचेलले ध्यान दिएर सुनिन् ।
मिचेलले नेपालको अवस्था अनुसार भियतनाममा जस्तै ‘ललिपप म्यान’ (बाटो काट्दा लठ्ठीको माथिल्लो भागमा अडाइएको बोर्ड राखेर सहयोग गर्ने मान्छे) ठिक हुन सक्ने सुझाव दिइन् । ‘यो आर्थिक रूपमा त्यति महंगो पनि हुदैन र सहज पनि हुन्छ,’ उनले भनिन्,’सरकारले यस बारेमा ध्यान दिए राम्रो हुन्थ्यो ।’ मिचेलले गाडी चड्नेलाई सुरक्षित बेल्ट, मोटरसाइकलमा चड्नेलाई अघि र पछि बस्ने दुवैले हेलमेट प्रयोग गर्नु पर्ने बताइन् ।
‘भियतनाममा सार्वजनिक यातायातमा पनि यात्रुका लागि सुरक्षित बेल्ट लगाउनु पर्ने सवारी ल्याइएको छ । यहाँ अन्य मुलुकमा पनि यस्तो कुरालाई ध्यान दिनु पर्छ,’ उनले भनिन्,’अविकसित देशभन्दा विकसित देशको दुर्घटना बढी हुने तथ्यांक पनि छ ।’आजको कान्तिपुरमा खबर छ ।