७० वर्षको अवधिमा राष्ट्र बैंकले सात खर्बबराबरको नोट छापेपनि तीन खर्बका थोत्रा नोट जलाइए
काठमाडौं, वैशाख १२ । नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै ३ खर्बबराबरको नोट जलाएर नष्ट गरेको छ। नेपालले २००२ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो ।
यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएका छन् । चलनचल्तीका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्याएर नष्ट गर्ने गर्छ ।
अहिलेसम्म विभिन्न दरका गरी दुई अर्ब ९७ अर्बबराबरका नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएको छ । चल्न नसकेका अवस्थामा पुगेका नोटहरु कहिले–कहिले नष्ट गरियो भन्ने तथ्यांक राष्ट्र बैंकसित छैन् ।
उपत्यकामा नष्ट गरिएको नोटहरुको तथ्यांक मात्रै छ । १२ वर्षमा काठमाडौं उपत्यकामा मात्रै विभिन्न दरका गरी ५४ अर्ब ६८ करोडबराबरको नोट नष्ट गरिएका छन् ।
सो अवधिमा एक, दुई, पाँच, दश, २०, २५, ५०, सय, २५०, पाँच सय र हजार रुपैयाँ दरका गरी ५० करोड ६६ लाख थान नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएके छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।