आइपिएल अन्तर्गत दिल्लीको उत्कृष्ट जित
दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले घरेलु मैदानमा रहेको खराब लय अन्त्य गरेको छ।
दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा शुक्रबार राति मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्यो।
फिरोज शाह कोट्ला मैदानमा दिल्लीले नौ खेलपछि जित हात पारेको हो। मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रनमात्र जोड्न सक्यो। अम्बाती रायुडु र रोहित शर्माले ३०/३० रन जोडे। पार्थिव पटेलले २८, लेन्डल सिमोन्सले १५, उन्मुक्त चन्दले १४ र किरोन पोलार्डले १० रन जोडे।
दिल्लीको जितमा श्रेयस आयरले जेपी डुम्नीले उत्कृष्ट ब्याटिङ गरे। पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९० रन जोडेको थियो। आयरले ८३ र डुम्नीले अविजित ७८ रनको योगदान गरे। आयरले ५६ बलमा पाँच छक्का र सात चौका प्रहार गरे। डुम्नीले ५० बलमा ६ छक्का र तीन चौका हिर्काए। यी दुई ब्याट्सम्यानबीच दोस्रो विकेटका लागि एक सय ५४ रनको साझेदारी भएको थियो।
बलिङतर्फ दिल्लीका इमरान ताहिरले तीन तथा एन्जेलो म्याथ्युज र अमित मिश्राले दुईदुई विकेट हात पारे। नाथन कुल्टर नील र डोमनिच मुथुस्वामीले एक एक विकेट लिए। मुम्बईका अन्तिम पाँच ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन्।
कुनै समय एक सय ३१ रन जोड्दा चार विकेट मात्र गुमाएको मुम्बई एकाएक दबाबमा आएको थियो। दिल्लीका आयर प्लेयर अफ दि म्याच घोषित भए। मुम्बईले ६ खेल खेल्नेक्रममा पाँचवटा हार व्यहोरेको छ। दिल्ली ६ खेलमा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ।-एजेन्सीको सहयोगमा