यस्तो छ उपत्यकामा भूकम्पको क्षति – फोटो कथा, उपत्यकामा मात्रै १५० भन्दा बढीको मृत्यु
काठमाडौंं । नेपालमा ७.८ रेक्टरस्केलको भुकम्पले धरहरा भत्किएको छ । १२ : ४५ सम्म पनि भुकम्प जारी छ । काठमाडौंमा ठुलो क्षतीको अनुमान भएको छ । अहिले १२ : ४५ बजे फेरि भुकम्प भएको छ । आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले ठुलै क्षति भएको अनुमान गरिएको छ । विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ ।
राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको छ । धरहरा भत्किदा धरहराको टुप्पोमा रहेका र जमिनमा समेत रहेका कम्तिमा पचासजना हताहत भएका छन । तर यो संख्या अझै धेरै रहेको प्रत्यक्षदर्शीले बताएका छन् । उपत्यकामा मात्रै १५० भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । आएको देशभर ठूलो हताहति भए पनि यकिन तथ्यांक कतैबाट आएको छैन । -फोटो कथा हेर्नुहोस्/ उद्धव तमाङ/न्यूज अभियान डट कम
