सम्पदा निर्माणमा मोदीको चासो यस्तो छ !
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपीडित नेपालमा उद्धार र राहत वितरणपछि जनजीवन र सम्पदा पुनर्निर्माणमा समेत भारत नेपालीसँगै रहने बताएका छन्।
अफगान राष्ट्रपति अस्रफ घानीसँगको भेटघाटमा दुवै नेताहरूले नेपालको प्राकृतिक प्रकोपप्रति दुःख व्यक्त गर्दै नेपाली जनताको दुःखमा आफूहरू उभिने बताए। 'नेपालको भयंकर प्राकृतिक प्रकोपको छायाँमा भएको राष्ट्रपति घानी र मेरो यो भेटमा हामी दुई मुलुक, दक्षिण एसिया र विश्वसँग नै नेपाली जनताका लागि बोलिरहेका छौँ।
तपाईंहरूको साहस र मानवीयताले विश्वकै आदर आर्जन गरेको छ । र, दुःख र परीक्षाको यो घडीमा तपाईंहरू एक्लै हुनुहुन्न।' ‘उद्धार र साहसमा हामी हरसम्भव प्रयन्त गर्नेर्छौं,' मोदीले भने, ‘र, तपाईंहरूले जनजीवन पुनः व्यवस्थित गर्दै आफ्ना घर र सम्पदा पुनर्निर्माण गर्दा हामी तपार्इंहरूसँग नै रहिरहनेछौं।'
शनिबारको महाभूकम्प र विनाशलगत्तै प्रधानमन्त्री मोदीले नेपालमा आवश्यक उद्धार र राहतका लागि अग्रभूमिका खेलेका थिए । (अन्नपूर्ण)