Header Ads

भूकम्पबारे 'आतंक फैलाउने' तीन पत्रकार पक्राउ

काठमाडौँ । शनिबार आएको विनाशकारी भूकम्पबारे नागरिकमा त्रास र आतङ्क फैलाउने समाचार सम्प्रेषण गरेको भन्दै ‘नेपालीहेडलाइन्स डटकम’ का तीन पत्रकारलाई  प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौं बुद्धनगरमा रहेको सो अनलाइनको कार्यलयबाट कार्यकारी सम्पादक सरोज गौतम, डेस्क सम्पादक सचित देवकोटा र कार्यकारी निर्देशक गीता भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ ।

 आइतबार वैज्ञानिकसमेतलाई उद्धृत गर्दै 'वैज्ञानिक भन्छन् : अझै ठूलो भूकम्प आउन बाँकी नै छ' समाचारबाट सर्वसाधारणमा आतङ्क फैल्याएको भन्दै तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Powered by Blogger.