गृह जिल्ला फर्किन लागेका सर्वसाधारण र प्रहरी बीच बानेश्वरमा झडप
काठमाण्डौ । गृह जिल्ला फर्किन लागेका सर्वसाधारण र प्रहरी बीच बानेश्वरमा झडप भएको छ । शनिबार ११ः५५ देखी आएको महाभुकम्पबाट मुलुकभरका सर्बसाधारणहरु त्रसित भए पछी उपत्यकामा रहेका सर्वसाधारण गृह जिल्ला फर्किन लागेका हुन् ।
यसै क्रममा बिहान पाच बजे देखि बानेश्वर संबिधान भवन आगाडी लाइनमा बसेर यातायात कुर्दै बसेका सर्बसाधारण आक्रोसमा आए पछी झडप भएको हो । महाभुकम्पपछि आज बुधबार राजधानी छोडने सर्वसाधारणको लर्को सबै भन्दा बढि नयाँ बानेश्वरमा लागेको छ । पुर्बका जिल्ला जानको लागि बानेश्वर देखि तिनकुनेसम्म सर्बसाधारण लाईनमा बसेका छन् ।
नयाँ बानेश्वरमा झै पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी लगायतका विभिन्न स्थानहरुमा विहा नै देखी सर्व साधारणहरु लाईन लागेर बसेका छन । बारम्बार आइरहेको भूकम्पले आतंकित राजधानीबासीहरु धमाधम गाउँ फर्किन थालेका हुन् ।
आज देखी भूकम्पको धक्का हराए पछि सर्वसाधारणहरुमा खुसियाली छाएको छ । सबै जसो सर्वसाधारणहरु काममा फर्किने बताए । हिजो देखी धक्का महशुस गरिएको छैन अब हामीलाई महामारी फैलिन्छकी भन्ने चिन्ता हो ।यसै क्रममा बिहान पाच बजे देखि बानेश्वर संबिधान भवन आगाडी लाइनमा बसेर यातायात कुर्दै बसेका सर्बसाधारण आक्रोसमा आए पछी झडप भएको हो । महाभुकम्पपछि आज बुधबार राजधानी छोडने सर्वसाधारणको लर्को सबै भन्दा बढि नयाँ बानेश्वरमा लागेको छ । पुर्बका जिल्ला जानको लागि बानेश्वर देखि तिनकुनेसम्म सर्बसाधारण लाईनमा बसेका छन् ।

खाना खाएर दिउँसो देखी अफिसको काममा फर्किदै छौं । समूहकी विचमा रहेकी ४० वर्षीय सिता पौडेलले बताईन । आज देखी उपत्यकाका सबै जसो स्थानमा चहलपहल बढेको छ। विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । भूकम्पको झड्का आउने क्रम लगभग बन्द भएपछि मानिसहरु त्रिपाल पट्याउँदै घर र डेरामा फर्कन थालेका छन् । -न्यूज अभियान डट कम
