भूकम्प आउँदैछ भन्ने व्यक्ति ‘पागल’, प्रहरी भन्छ- माइकिङ भएको होइन, घरको सुरक्षा गरेर बसौं
काठमाडौं, वैशाख १७ । भूकम्पबाट पीडित राजधानीका अधिकांश जनता विहीबार अपरान्ह एकाएक सडकमा निस्किए । कसैले भूकम्प आउँछ भनेर माइकिङ गर्यो रे भन्दै उनीहरु हावाका तालमा सडकमा निस्किएपछि नेपाल प्रहरीले माइकिङ गर्ने व्यक्तिको खोजी सुरु गर्यो ।
कुनै मानसिक रोगीले भूकम्प आउँछ भनेर माइकिङ गरेको भन्दै यसबाट नआत्तिन र भ्रममा नपर्न नेपाल प्रहरीले तत्कालै आफ्नो फेसबुक पेजमार्फत राजधानीबासीलाई आश्वस्त तुल्यायो । तर, खोजतलास गर्दै जाँदा माइकिङ गर्ने कुनै पनि व्यक्ति फेला परेनन् ।
ललितपुरतिर पागलको खोजतलासमा निस्केका एक प्रहरीले अधिकारीले अनलाइनखबरसँग भने- ‘माइकिङ साइकिङ केही भएकै होइन रहेछ, माइकिङ भयो रे भन्ने हल्लाकै भरमा मानिसहरु डराएर सडकमा निस्किएका रहेछन् ।’
महाविपत्तिबाट त्रसित बनेका उपत्यकाकासीलाई यस्तो हल्ला गरेर पीडामाथि पीडा दिने काम दिनहुँजसो हुने गरेको छ । शनिबारदेखि नै कतिपयले फेरि भूकम्प आउँछ भन्नै अफवाह फैलाउने गरेका छन् । यसअघि प्रहरीले भूकम्प आउँछ भनेर अफवाह फैलाउने केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।