Header Ads

दोहाको त्यो साँझमा राजेश हमाल नाच्दा…

कतार । दोहामॉमहानायक’राजेश हमालसहित १७ जना कलाकारको टोली नयाँ वर्षका अवसरमा आयोजित ‘नयाँ वर्ष धमाका साँझ’मा सरिक भएको छ ।

 बक्स अफ इभेन्ट कम्पनीको आयोजना तथा अलजमान एक्सचेन्ज र भिजन ग्रुपको प्रस्तुतिमा सम्पन्न कार्यक्रममा मिस नेपाल तथा नायिका माल्भिका सुब्बाको पनि सहभागिता थियो । सीमा सङ्ग्रौलाको गायनबाट सुरु भएको कार्यक्रममा हमाल र प्रियङ्का कार्कीको युगल नृत्य रोचक थियो ।

हमालले आफ्ना पुराना चलचित्रका संवाद बोलेर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै राजेशपायल राईले आधा दर्जन जति गीतले दर्शकलाई आफैसँगै नचाउन सफल सफल भए । नेपाली पोसाकमा सजिएकी नायिका कार्कीको एकल नृत्य तारिफयोग्य थियो ।

‘नेपालकी साकिरा’इन्दिरा जोशीका गीतमा दर्शक सम्हालिनसमेत धौ धौ नै प¥यो । हास्य कलाकार विल्सन राई समसामयिकताप्रति प्रहार गर्दै सबैलाई हँसाइरहेका थिए । नायिका सुष्मा कार्कीको नृत्य पनि रोचक थियो । भोजपुरी तथा मैथिली नायिका डोली सरकार र सुनिता साहले दर्शकलाई साङ्गीतिकमय वातावरण मा सबैलाई डुबाउन सक्षम हुनुभयो ।

 भोजपुरी,मैथिली र हिन्दी गायक आभास लाभले पनि दर्शकलाई मनोरञ्जन दिएका थिए । लोकदोहोरी गायिका चन्दा अर्याल र गायक मिलन लामा,नर्तकी रश्मि तामाङ,नृत्य निर्देशक शङ्कर बिसी नृत्यमार्फत कार्यक्रमको वातावरण नै उचाल्न सफल सफल भए । कार्यक्रममा झन्डै आठ हजार दर्शकको सहभागिता थियो ।
Powered by Blogger.