भूकम्पको निहुँमा नेपाल भारतीयहरुको कब्जामा, चीनले हेलिकोप्टर दिन्छु भन्दा चाहिँदैन भन्ने !
चीनले हेलिकोप्टर दिन्छु भन्दा चाहिँदैन भन्ने !
काठमाडौं । भूकम्प पीडितलाई गाउँगाउँबाट उद्दार गर्न एवं राहत सामाग्री गाउँ गाउँमा पुर्याउन हेलिकोप्टरको ठूलो अभाव भइरहेको छ । यसैवीच चीनले ८ वटा ठूला हेलिकोप्टर उद्दारका लागि दिने भनेकोमा नेपाल सरकारले आवश्यक छैन भन्ने जवाफ दिएपछि चिनियाँ अधिकारीहरु असन्तुष्ट बनेका छन । भारतीय हेलिकोप्टर देशका कुना-कुनामा निर्वाध उडिरहे पनि आफूहरुले सहयोग गर्न खोज्दा अनुमति नदिएको भन्दै चिनियाँहरु रुष्ट बनेका हुन् ।’ भूकम्पको निहुँमा नेपाल अघोषितरुपमा भारतीयहरुको कब्जामा परेको गुनासो चिनियाँ दूताबासका अधिकारीहरुले गर्न थालेको बुझिएको छ ।
चिनियाँ हेलिकोप्टर अस्वीकार गरिए पनि भारतीय हेलिकोप्टर नेपाली आकाशमा निर्वाधरुपमा चलेका छन् । भारतीय हेलिकोप्टर आफ्ना पत्रकार बोक्ने र प्रचारवाजी गर्ने कार्यमा बढी खटिएको गुनासो आउन थालेको छ । त्रिभुवन विमानस्थलमा नेपाली पत्रकारलाई पस्न दिइँदैन । तर, भारतीयहरु विमानस्थलभित्रै अड्डा जमाएर बसेका छन् । उनीहरुलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले जस्तोसुकै सम्वेदशनशील ठाउँको पनि फुटेज लिने अनुमति छ, जुन अनुमति आफ्नै देशका सञ्चारमाध्यमलाई पनि छैन । भूकम्प पीडितलाई राहत पुर्याउन र अलपत्र परेकाहरुलाई उद्दार गर्न हेलिकोप्टरको समस्या परिरहेको छ ।
गैरआवासीय नेपाली संगठन एनआरएनका पदाधिकारीहरुले गाउँमा कम्मल, चिउरा लगायतका सामाग्री लैजानलाई सरकारसँग हेलिकोप्टर मागेको तीन दिन बितिसक्दा पनि सरकारले उपलब्ध गराउन सकेको छैन । अन्य विभिन्न सामाजिक संघ संगठनहरु गाउँमा राहत लैजान तम्तयार भएर बसेका छन्, तर सरकारले भने निजी कम्पनीका हेलिकोप्टरसमेत उठाउने अनुमति नदिई आफैंले होल्ड गरेर राखेको छ । नेपाल सरकार आफू पनि गाउँमा राहत पुर्याउँदैन र एनआरएन लगायतका संस्थाले भाडा तिरेर हेलिकोप्टरमा राहत लैजान्छु भन्दा पनि नदिई बूढो गोरुले गाई रुँगे जसरी निरीह भएर बसेको गुनासो एनआरएनका प्रतिनिधिले गर्न थालेका छन् ।
‘जनतालाई राहत दिन्छुभन्दा पनि सरकारले दिनेभए हामीलाई देऊ जनतामा जान पाउँदैनौ भनिरहेको छ’ एनआरएनका एक अधिकारीले भने, ‘सरकारले यो के गरेको हो ? हामीलाई अचम्मै लागेको छ ।
स्रोत - साभार/न्यूज अभियान डट कम बाट