Header Ads

पाकिस्तानी राहात सामग्रीमा बिफ भेटिएपछी…

काठमाडौं । भूकम्प पीडितलाई संसारभरबाट राहात सामग्री आइरहेको छ । भारतीय संचार माध्यम भने कुन देशले कस्तो सामग्री पठाउछ सो को निगरानी गरिरहेको छ ।

 त्रिभुवन विमानस्थलमा नेपाली पत्रकारलाई पस्न दिइँदैन । तर, भारतीयहरु टि भी च्यानलहरु विमानस्थलभित्रै अड्डा जमाएर बसेका छन् ।

उनीहरुलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले जस्तोसुकै सम्वेदशनशील ठाउँको पनि फुटेज लिने अनुमति छ । जुन अनुमति आफ्नै देशका सञ्चारमाध्यमलाई पनि छैन ।

 भारतीय संचार माध्यम हरुले बिशेष गरि पाकिस्तानी र चिनिया राहात सामग्रीबारे बिशेष निगरानी गरि त्यसबारे समाचार सम्प्रेषण गरिरहेका छन ।

भारतीय च्यानल आजतकले पाकिस्तानी राहात सामग्रीमा बिफ (गाईको मासु ) भेटिएको समाचार प्रमुखताका साथ प्रसारण गरिरहेको छ ।
Powered by Blogger.