Header Ads

छोराको मृत्युको खबरले आमा बेहोस

कतार । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका रौतहटका गोविन्द पहरीको कतारमा मृत्युको खबरले आमा गंगामाया पहरी बेहोस भएकी छिन । छोराको मृत्युको खबले बेहोस भएपछि आमा गंगामायालाइै हस्पिटल भर्ना गर्नु परेको थियो ।

 सुन्दर सपना बोकेर वैदेशिक रोजगारका लागि १ वर्षअघि कतार गएका पहरीको हृदयघात भएर मृत्यु भएको कम्पनिले जनाएको छ । कतारको अरावियन मेन कम्पनिमा काम गर्ने गोविन्दको गत मंगलवार मृत्यु भएको उनका साथी शिखर पहरीले जानकारी दिए ।

 शिखरका अनुसार रौतहट चन्द्रपुर नगर पालिका २ मिलनचोकका गोविन्द सामान्य परिवारका हुन् । शिखरका अनुसार यो हप्ताभित्र स्व गोविन्दको मृत शरिर नेपाल पठाउने जानकारी दिए ।
Powered by Blogger.