Header Ads

पेट्रोलमा अडाई रुपैयाँ, मट्टितेल र डिजेलमा २ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मुल्य घटाएको छ। निगमले पेट्रोलमा अढाई रुपैयाँ तथा डिजेल र मट्टितेलको मुल्यमा २ रुपैयाँका दरले घटाएको हो।

 निगमले शनिबार राति देखि लागुहुने गरी नयाँ मुल्य निर्धारण गरेको हो। अव पेट्रेलको मुल्य १ सय १३ रुपैयाँ पचास पैसा, डिजेल र मट्टितेलको मुल्य ९० रुपैयाँ कामय भएको छ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मुल्यको आधारमा मुल्य तोकिएको हो। यस पश्चात नेपाल आयल निगमको मासिक नाफा ७१ करोड पुगेको निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिले बताए।
Powered by Blogger.