Header Ads

राजेश हमाल पिता बन्दै !

महानायक राजेश हमालको विहे भएको केहि महिना मात्र भएको छ । ५० वर्षको उमेरमा विहे गरेकाले सन्तानको तयारी चाँडैने गर्लान भन्ने सबैको अनुमान थियो । तर यसवारेमा कहिल्यै मुख नखोलेका हमालले पछिल्लो पटक दिएको अभिव्यत्तिले यतिवेला सिनेनगरिमा चर्चा पाएको छ ।

सोमवार काठमाडौमा अभिनेत्री नम्रता श्रेष्ठको म्यूजिक भिडियो प्रोडक्शनहाउसको उदघाटन गर्न पुगेका हमालले परिवारमा नयाँ सदस्य भित्राउने तयारी भएको संकेत ठट्यौली पारामा दिएका छन् ।

लामो समय देखि आफै फिल्म प्रोडक्शन गर्नै वताइरहेका हमाललाइ पत्रकारले सो प्रसंग कोट्याउँदा भने ‘भर्खर विहे गरेको छु,प्रोडक्शन चालु छ।’

उनको यो अभिव्यत्तिलाई धेरैले उनि पिता बन्न पो लागेकी भन्ने परेको छ । प्राय गसिपकै लागि यस्तै ठट्यौली उत्तर दिने हमालको यो ठट्यौलीमा सत्यता कति छ , समयले नै वताउला । (नेेपालीकला)
Powered by Blogger.