Header Ads

आज मिति: २०७१ पुस ३ गते, हेर्नुहोस तपाईको आज कस्तो छ त ?


  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    -धामिक कार्यमा रुचि बढ्नेछ। राज्यबाट मानपदवी पाउने योग देखिन्छ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    -रमाइलो यात्राको योग छ। सन्तानबाट सहयोग पाइने छैन। प्रेममा धोका पाइएला। न्यायिक उल्झन व्यहोर्नुपर्ने देखिन्छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    -व्यापारव्यवसायमा सुधार आउनेछ। सवारीसाधनबाट भय रहनेछ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ। जग्गाजमिनको व्यापारमा लाभ मिल्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    -उत्साह बढ्नेछ। मानसिक चञ्चलताले सताउनेछ। धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    -पराक्रम बढ्नेछ। आयभन्दा व्यय अधिक हुनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। अनावश्यक विवादले मन अशान्त रहनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    -विश्वास गरेका साथीबाट धोका हुन सक्ला। आय आर्जनमा वृद्धि हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। पदोन्नतिको योग छ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    -अनावश्यक वादविवाद बढ्नेछ। आयआर्जन वृद्धि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    -धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। राजनीतिमा सफलता मिल्नेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    -आफन्तबाट सहयोग पाइनेछ। मनमा तर्क वितर्क चल्नेछ। पेसाव्यवसायमा सफलता मिल्नेछ। अनावश्यक वादविवादले मन खिन्न रहनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    -रोजगार प्राप्त हुनेछ। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। विपरीत लिंगीप्रतिको आकर्षण बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    -अनावश्यक विवाद अन्त्य होला। राजनीतिक तथा न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। सवारीसाधनको किनबेच होला।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    -आफन्त तथा साथीभाइको सहयोग प्राप्त हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
स्रोत : अन्नपूर्ण पोस्ट
Powered by Blogger.