Header Ads

२८ किलो सुनसहित दुई नेपाली भारतमा पक्राउ

झापा । २८ केजी सुनसहित दुई नेपाली सीमावर्ती भारतीय सहर सिलिगुढीमा बिहीबार पक्राउ परेका छन्। नेपालको पूर्वी सीमाबाट सबैभन्दा नजिकैको ठूलो सहर सिलिगुढीबाट पक्राउ परेका उनीहरुलाई हाल भारतको केन्द्रीय कर विभागको हिरासतमा राखिएको छ।

 सिलिगुढीको सिटी सेन्टरबाट आङकर्मा शेर्पा र विष्णु फूयाँललाई भारतीय कर विभागको इण्टिलिजेन्स ब्युरोले पक्रेको हो। उनीहरु दुवै जना काठमाडौंका बासिन्दा रहेको भारतीय प्रहरीले जनाएको छ। तथापि पूरै ठेगाना खुलाइएको छैन।

उनीहरुलाई साँझ ६ बजे सिलिगुढीमा सार्वजनिक गरिएको भारतीय प्रहरीले जनाएको छ। थप दुई भारतीय नागरिक पनि पक्राउ परेको घटनामा २७.९७४ केजी सुन बरामद भएको छ। जसको बजार मूल्य ७.६४ करोड भारतीय रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
Powered by Blogger.