Header Ads

लौ आयो युवती जिस्काउनेलाई तह लगाउने एप

एजेन्सी । भारतको कानपुर प्रहरीले एउटा यस्तो मोबाइल एप –एसओएस) विकसित गरेको छ, जसबाट मोबाइलको एउटा बटम दबाउने बित्तिकै प्रहरी कुनै पनि युवतीका सामु पुग्नेछ । चर्चिच ब्याटमिन्टन खेलाडी ज्वाला गुट्टाले प्रहरी कन्ट्रोल रुमबाट यो मोबाइल एप सार्वजनिक गरेकी हुन् ।

 त्यस अवसरमा ज्वालाले भनिन्–समस्यामा परेका युवतीहरुका लागि यो सेवा लाभदायी हुनेछ । हामी चाहन्छौ कि कानपुरका साथै पुरै उत्तर प्रदेश र देशभरका युवती रमहिलाले समस्याका बेला प्रहरी सहयोग पाउन सकुन् । उनले भनिन्–हरेक युवतीसँग मोबाइल फोन हुन्छ । र, कुनै समस्यामा परे यो मोबाइल एपको सहयोगमा तत्काल प्रहरी सहायता पाउन सक्नेछन् ।

 यसअघि कानपुर प्रहरीका एसएसपी के एस इमैनुएलले यो मोबाइल एप अर्थात एसओएसको बारेमा जानकारी दिँदै सहरमा छात्राहरु र युवतीमाथि लगातार छेडछाड बढेकाले त्यसलाई रोक्नका लागि कानपुर प्रहरीले यसप्रकारको एप –एसओएस) तयार गरेको बताए ।

यो एप आफ्नो मोबाइल फोनमा डाउनलोड गरेपछि युवती र महिलाहरु कुनै युवकको छेडछाडबाट बच्न सक्ने छन् । प्रहरीका अनुसार कुनै समस्यामा परेका युवतीले आफ्नो एड्रोयड मोबाइल फोनमा यो एप एसओएस दबाउनुपर्नेछ । यो एप अन रहन्छ, यो अटोमेटिक रुपमा कन्ट्रोल रुममा सम्पर्कमा जानेछ।

एपको माध्यमबाट युवती रहेको लोकेशन ट्रेस गरिनेछ । र, सम्बन्धित प्रहरी चौकीको डायल १००कन्ट्रोल रुमको गाडी उक्त स्थानमा तकल पुग्नेछ र महिलालाई जिस्काउने व्यक्तिलाई पक्राउ गर्नेछ ।
Powered by Blogger.