Header Ads

७८ वर्षीय श्रीमानले ७६ वर्षीया श्रीमतीको हत्या गरे

दाङ । दाङको देउखुरीमा श्रीमानले गएराती आफ्नी श्रीमतीको हत्या गरेका छन् । गोवरडिहा–४ पचैया निवासी ७८ वर्षीय कैलाश चौधरीले आफ्नी ७६ वर्षिय श्रीमती चनसला चौधरीको हत्या गरेको घटनास्थल पुग्नुभएका अस्थाई प्रहरी पोष्ट सिसहनियाका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कैलाशलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । यसैबीच गएराती दाङको देउखुरीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

 पूर्वबाट पश्चिम गइरेहको ना ४ ख ५८६६ नम्बरको बसले ठक्करबाट बर्दिया कालिका गाविस सिक्टा घर भई हाल दाङ बस्ने दिलबहादुर बस्यालको ज्यान गएको प्रहरीले जनाएको छ ।
Powered by Blogger.