ममताको भूमिकामा सन्नीको सनसनी
एजेन्सी । कुनै समय ममता कुलकर्णीको उत्तेजक प्रस्तुतिले तातिएको थियो, बलिउड। टपलेस फोटोसेसन गराउने आँट गर्ने बलिउड अभिनेत्री ममता चलचित्रमा व्यस्त हुँदाहुँदै एकाएक रंगीन दुनियाँबाट हराइन्। पछि सञ्चारमाध्यमले उनी जोगिनी भएको खुलासा गर्यो।
उनैले सञ्चारमाध्यमलाई सांसारिक सुखभोगबाट अलग भएकाले अध्यात्मको शरणमा पुगेको बताएकी थिइन्। पछिल्लोपटक ममताको अर्कै कुरा आएको छ। उनीमाथि आफ्ना पतिसँगै लागूऔषध तस्करीको अभियोग लागेको छ। पतिसँगै उनी केन्यामा लागूऔषधसँगै पक्राउ परेकी हुन्।
यिनै विभिन्न स्क्यान्डलले भरिएको ममताको जीवनमा आधारित चलचित्र बन्न लागेको छ। ममताको टपलेस फोटो खिच्ने फोटोग्राफर जयश सेठले ममताको भूमिकामा सन्नी लियोनलाई लिन चाहेका छन्।
जयशको भनाइमा ममताको अनुहारमा जुन किसिमको कामुकतासँगै निर्दोष छवि छ, त्यो उनले सन्नीको अनुहारमा फेला पारेका छन्।