एक हजार ९१ जनासँगको यौनसम्बन्धपछि विवाहको तयारी
एजेन्सी । प्रेम एउटा यस्तो चिज हो, जुन कहिले, कहाँ र कोसँग हुन्छ शायदै कसैलाई थाहा हुन्छ । अस्ट्रेलियाकी एक अनौठो घटनाले पूरानो समयको यो भनाइलाई पुष्टि गरेको छ।
जहाँ एक वा दुई जनासँग होइन्, पूरै १ हजार ९१ जना पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेपछि अचानक एक महिलालाई यो महशुस भयो कि उनी अब प्रेमका लागि तयार छिन्।
अस्ट्रेलिया निवासी ३६ वर्षीया ग्वेंथ मान्टिनेग्र्रोको कथा सुनेर तपाई पनि आश्चर्यमा पर्नुहुनेछ ।
डेली मेलमा प्रकाशित समाचारअनुसार ग्वेंथले देह व्यापारलाई आफ्नो पेसा बनाएको १५ वर्ष भइसकेको छ । उनी एक ट्रेन्ड पाइलट पनि हुन्। २९वर्षकै उमेरमा उनले विमान उडाउने लाइसेन्स पनि लिएकी थिइन्। उनले देह व्यापार तीन वर्षअघि मात्रै छाडेकी हुन् ।
ग्वेंथले बताएअनुसार उनले यो १२ वर्षको यौन व्यवसायमा १ हजार ९१ जना पुरुषसँग शारीरिक सम्बन्ध कायम गरिन् । १२ वर्षको उनको यो व्यवसायमा उनी यस्ती युवतीका रुपमा परिचित भइन् जो अस्ट्रेलियाका नामी व्यक्तित्वहरुको रुचाईमा थिइन् ।
उनका अनुसार जब उनी आफ्नो करिअरको चरम अवस्थामा थिइन् तब हरेक घण्टाका लागि उनी ग्राहकसँग ५०० देखि १००० डलरसम्म पाइरहेकी थिइन् । उनका ग्राहकमा वकिल, नेताका साथसाथै संगीतकारहरु पनि हुने गर्दथे ।
हालै ग्वेंथले आफ्नो करिअर र आफ्नो पूरै जीवनका बारेमा एउटा पुस्तक पनि लेखेकी छन्। पुस्तक लेखेसँगै उनका प्रशंसक ह्वात्तै बढेका छन्।
ग्वेंथ अब पहिलाभन्दा बढी पपुलर र आम मानिसको रुचीमा परेकी छन् । पुस्तक प्रकाशनपछि उनीसाग ८० बढी विवाह प्रस्ताव आइसकेको छ । ग्वेंथको जीवनमा अब नयाँ मोड आउनेवाला छ ।
उनी अब आफ्नो बारेमा निकै कन्फिडेन्ट भइसकेकी छन्। उनी एउटा नयाँ सम्बन्धका लागि तयार छिन्। चाँडै नै ग्वेंथ विवाह गरेर सेटल पनि हुनेछिन् ।
ग्वेंथका अनुसार हर कसैको जीवनमा स्थिरता निकै आवश्यक हुन्छ । तर, उनलाई यो कुराको डर छ कि के यो सही हुनेछ ? उनका अनुसार उनी निकै वर्षअघि एक रिलेशनमा पनि थिइन् , तर एक वर्षमै उनीहरुको सम्बन्धमा टकराव आयो, त्यसपछि उनी कहिल्यै त्यसप्रकारको सम्बन्धमा रहिनन् ।
आफ्नो उतार चढावपूर्ण जीवनपछि ग्वेंथ भन्छिन्–म पुरुषलाई राम्रोसँग जान्दछु । त्यसैले अब विवाह गरेर म आम जीवन बाँच्ने योजनामा छु । यो चाँडै सत्य सावित पनि हुनेछ ।
