Header Ads

‘सेक्स डाइनामाइट’ लाई गहनाले यसरी पछारेपछी - फोटोफिचर सहित

gehna-hot-
एजेन्सी । त्यसो त गहना वशिष्टले बलिउडमा संघर्ष गरेको धेरै भइसक्यो। तर, पहिचान भने बल्ल पाएकी छन् । किनभने उनले एउटा चलचित्र पाएकी छन्, चलचित्र ठुलो नभए पनि ‘सेक्स डाइनामाइट’ मानिने शान्ति डाइनामाइटबाट चलचित्र खोसेर लिनु चानचुनेकुरा होइन ।
रुपेश पालको चलचित्र ‘सविता बार्बी ३डीः भाभी अनलिमिटेड’ बाट पोर्नस्टार शान्ति डाइनामाइट बलिउड प्रवेश गर्ने तयारीमा थिइन्। तर, दक्षिण भारतीय चलचित्रकी चर्चित नायिका गहना वशिष्टले बाजी मारेकी छन् ।
गहना तिनै अभिनेत्री हुन् जसले सेप्टेम्बर २०१२ मा गरेको एउटा ‘पेड सेक्स’सम्बन्धी ट्वीटले बबाल मच्चाएकी थिइन् । उनको त्यो ट्वीट ट्वीटरले ब्लक गरेको थियो। उक्त ट्वीट उनले शाहरुख खानलाई पनि ट्याग गरेकी थिइन्। उनले मानिसहरुसँग अपिल गरेकी थिइन् कि सबै जना पेड सेक्सका लागि तयार रहुन् । उनले यो पनि स्पष्ट गरेकी थिइन् कि पेड सेक्सबाट प्राप्त हुने रकम उनी सामाजिक काममा खर्च गर्न चाहन्छिन्।
उनले त्यतिबेला आफूले भारतमा ‘सेक्स स्पा’ खोल्न चाहेको पनि बताएकी थिइन्। साथै उनले वेश्यावृत्तिलाई कानुनी मान्यता दिन माग पनि गरेकी थिइन् । उनले सन् २०१२ मा एउटा अनलाइन प्रतियोगितामा मिस बिकिनीको उपाधि पनि पाएकी थिइन्।
उनलेक कपडाका साथै इलेक्ट्रोनिक्स अप्लाइन्सदेखि गहनासम्मका लागि मोडलिङ गरेकी छन्। करिब ७० वटा विज्ञापनमा काम गरेपछि उनले चलचित्रमा पाइला राख्न लागेकी हुन्। चलचित्र ‘फिल्मी दुनिया’ गहनाको पहिलो हिन्दी फिल्म हो । तैपनि बलिउडमा चाहेजस्तो भूमिका नपाएपछि उनी टलिउडतिर हान्निएकी थिइन् । उनले चार तेलुगु फिल्ममा लिड रोल गरेकी छन् भनेदुईमा आइटम नम्बर र एउटामा गेस्ट भूमिका निभाएकी छन् ।
छत्तीसगढको कट्टर ब्राम्हण परिवारकी गहना भन्छिन्–बाल्यकालबाटै भारतीय सेनामा सहभागी हुने इच्छा थियो । तर, अभिभावकले मन्जुरी दिएनन् । पिताको इच्छा इन्जिनियर बनाउने थियो। आमा उनकै जस्तो डाक्टर बनेको हेर्न चाहन्थिन् । यो दुवैको बीचबाट गहना भने मोडलिङमा लागिन् ।
गहनाको असली नाम बन्दता तिवारी हो। तर, मोडलिङ जगतमा प्रवेश गर्ने बित्तिकै उनले नाम परिवर्तन गरिन्। उनलाई साथीहरुले भने ‘जिन्दगी’ भनेर बोलाउने गर्दछन् । उनी टेलिभिजन एंकर पनि हुन्। सहारा वन च्यानलमा उनले एउटा शोमा एंकरिङ गरेकी थिइन्। गहनालाई हेरेपछि तपाईलाई लाग्न सक्छ, यिनलाई कतै देखेको हुनुपर्छ । ठिक सोच्नु भयो, उनी चार वर्षअघि स्टार प्लसमा प्रसारण हुने ‘बहने’ नामक धाराबाहिकमा पनि देखा परेकी थिइन्। गहना त्यसमा एक बहिनीको भूमिकामा थिइन्।
गहना शाहरुख खानलाई आफनो गुरु मान्छिन्। उनैको पदचाप पछ्याउँदै गहना बलिउडमा आफ्नो पहिचान बनाउन चाहन्छिन्। actress-gehana-vasith- gehana-vasisth1 gehana-vasisth3 gehana-vasisth- gehana-vasisth-2 gehana-vasisth-4 gehana-vasisth-5 gehana-vasisth-6 gehna-black-saree- shanti-dynamite
Powered by Blogger.