Header Ads

मकवानपुरको मनहरीमा दोस्रो महोत्सब सुरु

हेटौडा, मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा मंगलबारबाट दोस्रो मनहरी महोत्सब सुरु भएको छ । महोत्सवको उद्घाटन उद्योग मन्त्री महेश बस्नेतले गर्नु हुदै महोत्सबले देशको आर्थिक बिकासमा सकारात्मक सन्देश जाने बताउनु भयो ।

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पर्ने मकवानपुरका मनहरी मकवानपुरको दोस्रो बजार मानिन्छ , महोत्सवमा बिभिन्न एकसय ३० वटा स्टल रहेका छन् । महोत्सबमा बिभन्नि कलाकाहरुले प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रस्तुतीका लागि गायक गायिकाहरु कोमल वली, नबराज घोरासैनी, बिमल क्षेत्री, रामजी खाँण, घमेश दुलाल, नबिन पौडेल, ईन्दिरा गुरुङ, चन्दा अर्याल, भोजराज काफ्ले, चन्द्रमणी शर्मा तथा भद्रगोल समूह आउने समितिले जानकारी दिएको छ ।

महोत्सबमा आदिवासी जनजाति चेपाङ, तामाङ, मगर, नेवार तथा क्षत्री ब्राम्हण समुदायको समेत पहिचान दिने गरी सा“स्कृतिक झा“कीसहितको बिशाल ¥याली निकालिएको छ । महोत्सबमा सोहि क्षेत्रमा उत्पादित बिभिन्न बस्तुहरुको प्रदर्शनी समेत रहेको छ । त्यसैगरी उक्त क्षेत्रमा उत्पादित मास, भटमासलगायतका गेडागुडी, मह, कोदो, फापरका परिकार, तामा र माछाको स्वाद चाख्न सकिने उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति सचिव रामचन्द्र उप्रेतीले जानकारी दिए ।

महोत्सवमा स्थानीय उत्पादनहरुको बिक्री र प्रदर्शनीलाई जोड दिइएको छ । महोत्सवका लागि चेपाङ समुदायको जीवनशैली झल्कने गरी घर निर्माण गरिएको छ ।
Powered by Blogger.