सेना हैन, बरु हामी पो अनुशासनहीन : प्रधानमन्त्री

उनले भने-‘नेपाली सेना हैन, बरु हामी पो अनुशासनहीन बनिरहेका छौं । प्रतिबद्धता व्यक्त गर्छौं तर, पूरा गर्न सकिरहेका छैनौ ।’
सेनाबाट प्रजातन्त्रीकरणमा कुनै समस्या नभएको बरु विपत्तिमा उद्धार, राहत र पुनःस्थापनाका साथै विकास निर्माणमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै उनले सेनाको प्रसंसा गरे । प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान दिन सहमति गरिएको तर, निर्णय गर्न किन कठिन भइरहेको छ ? भनि प्रश्न गरे । उनले भने-‘टुंग्याउने भनेपछि टुग्याउँदै जानुपर्यो । हैन भने प्रकृयामा जान्छ ।’
सहमति भनेको लेनदेन भएको भन्दै भनले भने-‘जोर जबरजस्ती गरेर त सहमति हुँदैन नि ।’ दलहरुबीच सम्वाद जारी रहेको भन्दै प्रधानमन्त्री कोइरालाले सहमतिको सम्भावना कायम रहेको बताए ।
