Header Ads

फेसबुकले सुरु गर्‍यो धन्यवाद सेवा, अब भिडियोबाटै दिनुहोस् साथीलाई धन्यवाद

काठमाडौं । अब तपाइँ आफ्ना फेसबुक साथीलाई नयाँ तरिकाबाट धन्यवाद दिन सक्नुहुन्छ । फेसबुकले यसका लागि नयाँ टूल ‘से थ्यांक्स्’ सुरु गरेको छ । यो एउटा यस्तो टूल हो जसका माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना साथीको लागि भिडियो कार्ड बनाउन सक्छन् । आफ्नो साइटमा बढि भन्दा बढि भिडियो शेयर गराउने उद्देश्यमा लागेको फेसबुकले सोही योजना मुताविक प्रयोगकर्तालाई बढि भन्दा बढि भिडियो शेयर गराउन से थ्यांक्स् सेवा सुरु गरेको बताइएको छ ।

फेसबुकका अनुसार थ्यांक्स् टूलमा प्रयोगकर्ताहरुले पहिले नै तय भएको ‘थिम्स’ मा आफ्नो तस्वीर तथा भनाइ राखेर भिडियो कार्ड बनाउन सक्नेछन् ।यो टूलका माध्यमबाट प्रयोगकर्ताले तयार गरेको भिडियो कार्डलाई आफ्ना साथीको टाइमलाइनमा पोष्ट गर्न सक्छन् ।

प्रयोगकर्ताले फेसबुकमा रहेका आफ्ना साथी, नातागोता तथा सहकर्मीका लागि आफुले चाहेको संख्यामा निजि भिडियो बनाउन सक्छन् ।‘लाखौँ मानिसले साथीहरुसँग सम्पर्कका लागि दिनहुँ फेसबुकको प्रयोग गर्छन् र त्यो विषय उनीहरुका लागि निकै महत्वपूर्ण हुन्छ । तपाइँको साथी तपाइँको फेसबुक अनुभवको केन्द्रविन्दुमा रहन्छ । त्यसैले तपाइँको मित्रताको खुसीयाली मनाउने नयाँ तरिकाको खोजी हामीले गरिरहेका हुन्छौँ’, फेसबुकले आफ्नो ब्लगपोष्टमा भनेको छ ।

फेसबुकका अनुसार यो सेवा डेक्सटप कम्प्युटर र मोबाइल जुनसुकै माध्यमबाट फेसबुक चलाउनेले उपयोग गर्न सक्नेछन् ।से थ्यांक्स् भिडियो बनाएर साथीलाई धन्यवादको उपहार दिनका लागि सबैभन्दा पहिले आफ्नो एक जना फेसबुक फ्रेण्ड छनोट गर्नुपर्छ यसका लागि विभिन्न ४ थिम्स मध्ये एउटा थिम्स छनोट गर्नुपर्नेछ । 

त्यसपछि फेसबुकले उक्त साथीसँग सम्बन्धित विभिन्न तस्वीरहरु खोजिनिति समेत गरेर विभिन्न भनाइ उधृत गर्दै भिडियो तयार गरिदिनेछ । त्यसपछि सो भिडियो व्यक्ति स्वयम् र छानिएको साथीको टाइमलाइनमा शेयर गर्न सकिनेछ । स्मरण रहोस् गएको फेब्रुअरीमा पनि फेसबुकले यस्तैखाले नयाँ प्रयोग गरेको थियो । 

आफ्नो दशौँ वर्षगाँठ बनाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुलाई भिडियो सेवा उपलब्ध गराएको थियो जसमा प्रयोगकर्ताले बितेका वर्षमा आफ्नो फेसबुक अनुभव जाहेर गर्न सक्थ्यो ।

आफ्नो साथीलाई धन्यवाद दिने नयाँ सेवा प्रयोग गर्न यहाँ  https://www.facebook.com/thanks क्लिक गर्नुहोस्
Powered by Blogger.