सार्क सम्मेलनको सुरक्षाका लागि मात्रै १ अर्ब खर्च !
काठमाडौं,मंसिर ४ । आउँदो मंसिर १० र ११ गते काठमाडौंमा हुने अठारौं सार्क शिखर सम्मेलनको सुरक्षा व्यवस्थापनमा मात्रै करिब एक अर्ब रुपैयाँ खर्च हुने भएको छ । सुरक्षा व्यवस्थापनको जिम्मा पाएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले सवारी खरिद/मर्मत, विशेष भत्ता, खाना/खाजा, सूचना संकलन, इन्धनलगायत शीर्षकमा यो खर्च गर्नेछन् ।
सेना प्रहरीका उच्च अधिकारीले सुरक्षामा तैनाथ जनशक्तिका लागि विशेष भत्ता उपलब्ध गराउन दबाब दिएपछि खर्च बढ्ने भएको छ । सुरक्षा व्यवस्थापन शीर्षकअन्तर्गत अर्थ मन्त्रालयले भदौ र कात्तिकमा गरी ४ वटै सुरक्षा निकायलाई ५० करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
यो रकम अपुग भएको भन्दै थप बजेट उपलब्ध गराउन रक्षा र गृह मन्त्रालयमार्फत सेना/प्रहरीले अर्थसमक्ष आग्रह समेत गरेका छन् । यसबाहेक सार्क सुरक्षामा तैनाथ सेना/प्रहरीको भरणपोषण, अपुग सवारी साधन व्यवस्थापनमा करिब ३० देखि ४० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
अर्थका अनुसार सवारी खरिद, सञ्चार उपकरण, सुरक्षा व्यवस्थापन, सूचना संकलनलगायतमा सेनालाई १३ करोड, प्रहरीलाई २६ करोड, सशस्त्रलाई ४ करोड र विभागलाई १ करोड रुपैयाँ भुक्तान भइसकेको छ ।
यसबाहेक सार्क सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यका प्रवेश गर्ने नाकामा र भित्री सडक/चोकमा सीसी क्यामरा जडान गर्न अर्थले प्रहरी प्रधान कार्यालयलाई १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । आजको कारोबारमा खबर छ ।