Header Ads

किन स्थगित भयो मोदीको जनकपुर र लुम्विनी भ्रमण ? प्रेस बिज्ञप्ति सहित

काठमाडौं । सर्वाधिक महत्वका साथ हेरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण कार्यक्रम अन्ततः रद्द भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एक विज्ञप्ति प्रकाशित गरी भ्रमण रद्द भएको जानकारी दिएका छन् । ‘

काठमाडौँ स्थित भारतीय दुतावासले दिएको जानकारी अनुसार र नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार भारतीय प्रधानमन्त्रीको जनकपुर र लुम्विनी भ्रमण स्थगित भएको जानकारी गराउँदछु ।’ मन्त्री विमलेन्द्र निधिले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

 त्यस्तै निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रमसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बेला एक्कासी रद्द भएकोमा दुःख व्यक्त गर्दै कार्यक्रम रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामाथि खन्याएका छन्। जनकपुरस्थित २२ दलीय मोर्चामा आबद्ध माओवादीका रामचन्द्र झाको अगुवाइमा केही मधेसवादी दलका नेता सम्मिलित टोलीले बखेडा खडा गरेकै कारण मोदीको भ्रमण रद्द भएको हो,’ निधिले भने।

 मोदीले अब जनकपुरको भ्रमण नगर्ने पक्का भए पनि लुम्बिनीलगायत अन्य स्थानको भ्रमण कार्यक्रमबारे निधिले अनभिज्ञता जनाएका छन् ।
Powered by Blogger.