Header Ads

खोटाङमा जिप पल्टिँदा ६ जनाको मृत्यु, ९ घाईते, घाइतेलार्इ उपचारका लागि काठमाडाैं ल्याइँदै

खोटाङ, मंसिर ५ । जिप दुर्घटना हुँदा खोटाङमा ६ जनाको ज्यान गएको छ । बाला चतुर्दशी मेला लागिरहेको हलेसीबाट शुक्रबार बिहान यात्रु लिएर जयरामतर्फ जाँदै गरेको मे १ ज ७३२ नम्बरको मुस्ताङ जिप बडहरेको गौरी भीरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएका चार महिला र दुई पुरुषको अहिलेसम्म पहिचान नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । दुर्घटनामा घाईते भएका ९ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।

दुर्घटनाको बिस्तृत बिबरण अझै आउन बाँकी छ । यात्रुबाहक जीप बिहान पाँच बजेतिर दुर्छिम र बडहरेको सिमामा पर्ने गौरीभीरको साँधुरो सडकबाट झण्डै सातसय मिटर तल खसेको अनुमान गरिएको घट्नास्थलबाट स्थानीय रसकुमार राईले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् । जीपका चालक आफै च्यास्मिटार प्रहरी चौकीको नियन्त्रणमा गएका छन् । दुर्घटनामा हलेसीमा शुक्रबार लागेको बालाचतुर्दशी मेला भरेर फर्किएकाहरु परेको अनुमान गरिएको छ ।
Powered by Blogger.