यसरि गरिदै छन् : फोटो पत्रकारद्धारा सार्क बहिस्कार !
काठमाडौं । मंसिर १० देखि ११ गतेसम्म राजधानीमा हुने १८ औं सार्क सम्मेलनलाई फोटो पत्रकारहरुले बहिस्कार गर्ने भएका छन्।
निजी सञ्चार माध्यमका फोटो पत्रकार तथा टेलिभिजन क्यामरा पर्सनलाई मुख्य आयोजना स्थल राष्ट्रिय सभागृहमा पहुँच नदिने व्यवस्थाको विरोधमा फोटो पत्रकारहरुको संगठन पिजे क्लबले विज्ञप्ति प्रकाशित गर्दै सार्क सम्मेलनका कुनै पनि फोटो नखिच्ने जनाएको हो।
क्लबका पदाधिकारीले बुधबार सञ्चारमन्त्री मिनेन्द्र रिजाल र परराष्टमन्त्री महेन्द्र पाण्डेलाई भेटी सार्क सम्मेलनको मुख्य आयोजना स्थलमा फोटो पत्रकार र टेलिभिजनका क्यामेरा पर्सनलाई पहुँच दिन ध्यानकर्षण गराएका थिए। निजी सञ्चार माध्यम र फोटो पत्रकारहरुलाई सार्कको समाचार र तस्विर संकलनमा पहूँच नदिनु कुनै पनि अर्थमा स्वतन्त्र प्रेस हिमायती राष्ट्रका लागि सुहाउँदिलो कार्य नभएको ठहर गरेको छ।
सुरक्षा र आन्तरिक व्यवस्थापनको नाममा पत्रकारहरुलाई समाचार र फोटो संकलनमा बाधा पुग्ने गरी लादिएको व्यवस्था खारेज गर्न समेत क्लबले माग गरेको छ।
अलोकतान्त्रिक यो निर्णय तत्काल नसच्याए बिरोध स्वरुप सार्कका अन्य गतिविधिहरु समेत कभरेज नगर्ने र सम्मेलनका बेला ‘क्यामरा डाउन’ गर्न बाध्य हुने पीजे क्लबका महासचिव विकास कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

समाचार सक्दो शेर गरौ ...