नेताहरु तितरबितर : संविधानमा सहमतिको सम्भावना क्षीण
काठमाडौं,मंसिर ४ । संविधानका विवादित अन्तर्वस्तुलाई प्रक्रियामा लैजाने विषयमा विवाद भएपछि प्रमुख दलका शीर्ष नेताहरु तितरबितर भएका छन् । दलीय वार्ता अनिश्चित रहेको अवस्थामा शीर्ष नेताहरु व्यक्तिगत र पार्टी काममा व्यस्त हुन थालेका छन् ।
कांग्रेस–एमालेले आफ्नो साझा प्रस्ताव संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाटै संविधानसभामा लैजानुपर्ने भन्दै हस्ताक्षर समेत बुझाएपछि दलहरुबीच विवाद बढेको छ । संवाद समितिमा गतिरोधपछि प्रमुख दलका शीर्ष नेताहरु औपचारिक संवाद नै छोडेर आ–आफ्ना पार्टी काममा लागेका हुन् ।
साझा प्रस्ताव संविधानसभामा नपठाउने पक्षमा रहेको एमाओवादी २२ दलीय मोर्चा र जातीय संगठनमार्फत आन्दोलनको तयारीबारे छलफलमा छ । कांग्रेस र एमालेका नेताहरु भने आआफ्नो सांगठनिक काममा लागेका छन् ।
संवाद समितिको १ मंसिरको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गरी कांग्रेस–एमालेका साझा प्रस्ताव लैजान आग्रह गरेपछि समितिको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला मंगलबार आफ्ना भाइ तथा कांग्रेस बाँकेका सभापति डा. अरुणको निधनपछि श्रदाञ्जलीलगायतक आन्तरिक काममा व्यस्त छन् ।
दलीय वार्तामा कांग्रेसको तर्फबाट नेतृत्व गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेल मंगलबार नै अमेरिका गएका छन् । संवाद समितिको बैठक छाडेर सोमबार झापा गएका ओली अझै काठमाडौं फर्किएका छैनन् । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा भारतमा छन् भने एमालेका बरिष्ठ नेता माधब नेपाल पनि केही दिनदेखि भारतमै छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।