दिपकराजको दोस्रो सिनेमा ‘वडा नम्बर ६’को नायिका को ?
काठमाडौं,कात्तिक १७ । दिपकराज गिरीले निर्माण गर्न लागेको दोस्रो सिनेमा ‘वडा नम्बर ६’को नायिका को? भन्ने प्रश्नले विराम पाएको छ। सिनेमाको नायिका प्रियंका कार्की हुने भएकी छिन्।
यसअघि नेपाली सिने नगरीमा रेखा थापा, प्रियंका कार्की र नव नायिका अकेशा विष्ट मध्ये एक उक्त सिनेमाको नायिका हुने चर्चा चल्दै आएको थियो। सिनेमालाई उज्जवल घिमिरेले निर्देशन गर्दै छन्। निर्माता दीपकराज गिरीको रोजाइ अनुसार प्रियंका नायिका भएकी हुन्।
निर्देशक घिमिरेको रोजाईमा अकेशा विष्ट थिइन् भने दिपाश्रीको चाहना रेखा थापा। ‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली सिनेमामा प्रवेश गरेकी प्रियंका अहिलेकी व्यस्त नायिकामा पर्छिन्। उनका हातमा अहिले उनका समकालिन अभिनेत्री भन्दा धेरै सिनेमा छन्।
हाल प्रियंकाको हातमा ‘नाई नभन्नु ल-३’, ‘हाउ फन्नी’ सिनेमा छ । समय मिलाउन सके उनी गोपाल कायश्थको ‘लुटेरा’ र लामो समय पछि पुन: चलचित्र निर्देशनमा फर्किन लागेको अनिल संग्रौलाको एक सिनेमाको पनि नायिका हुनेछिन्।

भिडियो रिपोर्ट हेर्ने कि फोटो मुनि !