Header Ads

दाईजोको निहुँमा श्रीमतीकाे मुण्टो बटारेर मारेको खुलासा

मोरङ, कार्तिक १७ । मोरङको बुधनगरमा परिवारका सवै सदस्य मिलेर दाइजोको निहुँमा एक महिलाको हत्या गरेको खुलासा भएको छ । बुधनगर–४ बस्ने मिरादेबी शर्माको दाइजोको निहुँमा श्रीमान र अरु परिवार मिलेर विभत्स हत्या गरेको रहस्य खुलेको हो ।

गत कात्तिक १० गतेको भए मिराको हत्या पनि शवलाई जलाएर खाल्डोमा हाली पुरेपछि हत्या बाहिर नआएको परिवारले प्रहरीले जनाएको छ । गाउँमा पनि मिरा माइत गएको ठानेर कसैलाइृ केहि थाहा नभएको बताइएको छ । यद्यपी पहिले देखि नै मिराका श्रीमान चन्दन शर्माले दाइजोका विषयमा दुःख दिने गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।

स्थानीयले शंका गरेपछि प्रहरीलाई खबर गरेपघि घटना बाहिर आएको हो । प्रहरीले मिराका १० वर्षीय छोरालाई नियन्त्रणमा लिइ सोधपुछ परेपछि यथार्थ घटना बाहिर आएको हो । घरमा झगडा परेपछि मिरालाई उनका श्रीमानले मुण्टो बटारेर मारेको उनका छोराले प्रहरीलाई बताएको प्रहरीको भनाई छ ।

हत्या आरोपमा प्रहरीले मिरादेवीकी सासु बिन्दा शर्मा र जेठानी सरितादेवी शर्मालाई पक्राउ गरेको छ भने मुख्य आरोपी श्रीमान चन्दन शर्मा, जेठाजु देवानन्द शर्मा, ससुरा महेन्द्र शर्मा, देवर प्रकाश शर्मा र दिपक शर्मा भने फरार छन् । उनीहरुको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दाईजोको निहुँमा श्रीमतीकाे मुण्टो यसरि बटारे ...तल हेर्नुहोस !

Powered by Blogger.