काठमाण्डौ ओर्लेलगत्तै यस्तो थियो मोदीको व्यस्त तालिका
काठमाडौं, मंसिर ९ । अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कार्यक्रममा व्यस्त हुने भएका छन् ।
मोदी विशेष विमानबाट अपरान्ह साढे तीन बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । त्यसलगत्तै उनी आफैंले ल्याएको बुलेट प्रुफ कार चढेर सोल्टी होटल जानेछन् । सोल्टीमा केहीबेर आराम गरेपछि उनी काठमाण्डौमा विभिन्न कार्यक्रममा सरिक हुनेछन् ।
मोदी विशेष विमानबाट अपरान्ह साढे तीन बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । त्यसलगत्तै उनी आफैंले ल्याएको बुलेट प्रुफ कार चढेर सोल्टी होटल जानेछन् । सोल्टीमा केहीबेर आराम गरेपछि उनी काठमाण्डौमा विभिन्न कार्यक्रममा सरिक हुनेछन् ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई ट्रमा सेन्टर हस्तान्तरण गर्नेछन् । भारत सरकारको सहयोगमा बीर अस्पताल छेउमा ६ वर्षअघि ट्रमा सेन्टर निर्माण गरिएको थियो । तर, भारत सरकारले हस्तान्तरण नगरिदिँदा ट्रमा सेन्टरमा बिरामीको उपचार शुरु हुन सकेको थिएन ।
मंगलबार उदघाटनलगत्तै ट्रमा सेन्टरमा बिरामीको उपचार सुरु गर्ने तयारी छ ।
ट्रमा सेन्टर बनाउन हालसम्म ३ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । ठूला-ठूला दुर्घटनामा परेर अंगभंग भएका, हातखुट्टा भाँचिएका, टाउको फुटेका, आगोमा जलेर घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने र जटिल शल्यक्रिया गर्ने उद्देश्यले भारत सरकारले ट्रमा सेन्टर बनाइदिएको हो ।
ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायतका सबै खर्च भारतले व्यहोरेको छ ।
ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायतका सबै खर्च भारतले व्यहोरेको छ ।
हेलिकोप्टर हस्तान्तरण
भारतीय प्रधानमन्त्री मोदीले आजै नेपाललाई १४ सिटे ‘एएलएच ध्रुव मार्क थ्री’ हेलिकोप्टर हस्तान्तरण गर्नेछन् ।
नेपाली सेनाले टुँडीखेलमा आयोजना गर्ने विशेष कार्यक्रममा मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई यो हेलिकोप्टर हस्तान्तरण गर्नेछन् । लगत्तै प्रधानमन्त्री कोइरालाले हेलिकोप्टर सेनापति गौरवशमसेर राणलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
आक्रमण प्रयोजनका लागि भारतले यो हेलिकोप्टर सन् २०१२ मा निर्माण गरेको हो । हस्तान्तरण गर्ने हेलिकोप्टर शनिवार नै काठमाण्डौ आइसकेको छ ।
काठमाडौं-दिल्ली बस सेवा उदघाटन
मंगलबारलाई बा ३ ख ४१६९ नम्बरको ३५ सिट क्षमताको एसी बस काठमाडौंबाट दिल्ली जाने छ । काठमाडौंबाट दिल्ली जाने भाडा ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं-दिल्ली सिधा बस सेवा उदघाटन कार्यक्रममा पनि सरिक हुनेछन् ।
सिंहदरबारमा हुने कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ हुने छ ।
तत्कालका लागि एक-एकवटा सुविधासम्पन्न बस काठमाडौंबाट दिल्ली र दिल्लीबाट काठमाडौं चलाउने सरकारको योजना छ । यसअघि निजीस्तरमा मात्रै काठमाडौं-दिल्ली बस सेवा सञ्चालन हुँदै आएको थियो ।
तत्कालका लागि एक-एकवटा सुविधासम्पन्न बस काठमाडौंबाट दिल्ली र दिल्लीबाट काठमाडौं चलाउने सरकारको योजना छ । यसअघि निजीस्तरमा मात्रै काठमाडौं-दिल्ली बस सेवा सञ्चालन हुँदै आएको थियो ।
मंगलबारलाई बा ३ ख ४१६९ नम्बरको ३५ सिट क्षमताको एसी बस काठमाडौंबाट दिल्ली जाने छ । मंगलबारै दिल्लीबाट पनि काठमाडौंका लागि बस छुट्ने छ । काठमाडौंबाट दिल्ली जाने भाडा ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ ।
दिल्लीमा पनि आजै भारतीय यातायात मन्त्रीले दिल्ली- काठमाडौं बस सेवाको उद्घाटन गर्ने कार्यक्रम छ ।
ललितपुर भ्रमण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नै ऐतिहासिक ललितपुर जिल्लाको पनि भ्रमण गर्ने छन् । उनले ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्र र कृष्णमन्दिर भ्रमण गर्ने कार्यक्रम छ ।
यसअघि मोदी नेपाल आउँदा ललितपुर जाने कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको थियो ।
अरुण तेस्रोको पीडीएमा हस्ताक्षर
बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको पीडीएमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि भारतीय प्रधानमन्त्री मोदी सरिक हुनेछन् ।
नेपाल र भारतका प्रधानमन्त्रीको उपस्थितिमा अरुण तेस्रो जलविद्युत आयोजनाको लगानीकर्ता भारतीय कम्पनी सतलज विद्युत निगम र लगानी बोर्डका अधिकारीहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्ने छन् । लगानी बोर्डले यही मंसिर ५ गते सो सम्झौतालाई स्वीकृत गरेको थियो । सतलज अरुण तेस्रोको विकासकर्ता कम्पनि हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना विकास सम्झौता (पीडीए)लाई पारित गरेपछि सम्झौताको बाटो खुलेको हो ।
अन्लाइनखबर बाट