Header Ads

Flash News : मकवानपुमा दुई बस ठोक्किए, ९ को मृत्यु, ३० घाइते

मकवानपुर, कात्तिक १५ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको बासमाडीमा भएको रात्रीबस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बस र काठमाडौंबाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस राति २ बजेको समयमा ठोक्किएका थिए ।

दुर्घटनामा परेका ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा इलाम बरबोटे ४ का प्रवीनराज आचार्य, इलाम पीपलबोटेका रोसन भट्टराई, इलाम-२ की सुजता काफ्ले, नाम्सालिङका मिलन अधिकारी, इलाम-३ रक्षा श्रेष्ठ, इलाम-४ इसा कार्की छन् ।

दुई जनाको सनाखत हुन सकेको छैन । रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरुको मकवानपुरमा उपचार गरी थप उपचारका लागि चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Powered by Blogger.