Header Ads

एक छाक खाएको ऋण तिर्न नसकेपछि छोरालाई ४ वर्षसम्म बन्धक

रुकुम,कात्तिक १५ । बाबुले होटलमा खाएको ऋण तिर्न नसकेको भन्दै बन्धक बनाइएका ११ वर्षीय बालकको शुक्रबार उद्दार गरिएको छ ।

दाङ सैघाका ११ वर्षीय रमेश विकको जिल्ला बालकल्याण समितिको पहलमा उद्दार गरिएको हो । रुकुम,पिपल–४ का लोकबहादुर खत्रीका घरमा रमेश ४ वर्षदेखि बधुवा बालश्रमीकका रुपमा काम गर्दै आएका थिए । उनका बाबु वीरबहादुरले स्थानीय एक होटलमा खाना खाई बास बसेको रकम तिर्न नसकेपछि छोरालाई खत्रीको जिम्मा लगाइएको थियो ।

‘होटलमा तिर्नुपर्ने रकम तिर्न नसकेपछि वीरबहादुरले पैसा लिएर आउँछु ,त्यतिबेलासम्म मेरो छोरोलाई यही राख्नु भनेर ४ वर्षअघि छाडेका थिए,’ लोकबहादुरको दाबी छ,‘उनी अझै सम्म छोरा लिन नआएपछि घरमा काम गर्न राखेको हुँ ।’

उनले बालकको खोजी गरे पनि पत्ता लाग्न नसकेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Powered by Blogger.