Header Ads

एक युवाका रुपमा प्रेम बानियाँ तिनै मन्त्रीलाई आफ्नो सामान्य 'भिजन' दिदै - भिडियो सहित

एक युवाका रुपमा प्रेम बानियाँ तिनै मन्त्रीलाई आफ्नो सामान्य 'भिजन' प्रस्तुत गर्दैछन् । सरदर ६० लाख युवा देशबाहिर छन्, उनीहरुको मन छ- कुनै न कुुनै तरिकाले देशका लागि केही गरौं, अनि देशमा जति पनि युवा बाँकी छन् उनीहरुलाई पनि मन छ- देशका लागि केही गरौं । तर, देशको युवा तथा खेलकुद मन्त्रालय यस्ता युवाहरुका लागि खासमा केही गरिरहेको छैन । त्यसपछि एक सञ्चारकर्मीका रुपमा, एक युवाका रुपमा प्रेम बानियाँ तिनै मन्त्रीलाई आफ्नो सामान्य 'भिजन' प्रस्तुत गर्दैछन् । सिद्धान्तत् अन्तरवार्ता गदों त्यसो गर्नुहुन्न भनिन्छ, जसो मैले गरें। म धेरै जान्ने भएर वा नेपालका युवा तथा खेलकूद मन्त्री जान्दै नजान्ने भएर पनि यसो गरेको होइन । तर, देशनिर्माणको मूलशक्ति युवा वर्गका प्रति अहिलेसम्म यो देशमा खासै काम नगरेकाले/नभएकाले म यसो गर्न बाध्य भएको हूँ । गरेको के हो भने, अन्तरवार्तामा बोलाएर मन्त्रीज्यूलाई मैले 'औसत भिजन' दिएँ । यो मेरो मुर्खता, घमण्ड वा वौद्धिकता केही पनि होइन । हो के भने, एक युवा, एक सञ्चारकर्मी । त्यसैले अन्तरवार्तामा म पत्रकार मात्र हुन सकिनँ । हेरेर प्रतिक्रिया दिनुहोला ।
स्रोत / प्रेम बानिया / NEWS24 TELEVISION,KATHMANDU,NEPAL

Powered by Blogger.