यात्रुसहितको गुडिरहेको माइक्रोबसमा आगो लाग्यो …सहचालक गुडिरहेको अवस्थामै हामफाले
काठमाडौं, कार्तिक १४ । गृहमन्त्रीको पुत्ला जलाउने राप्रपा नेपाल कार्यकर्ता र प्रहरीबीच पुत्ला खोसाखोस हुँदा गुडिरहेको माइक्रोबसमा आगो लागेको छ । यद्यपि तत्काल आगो नियन्त्रणमा लिएका कारण कुनै ठूलो क्षति हुन पाएन ।
हिन्दु राज्यको माग गर्दै धर्नामा बसेकाहरुलाई हटाएको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले रत्नपार्कको शान्तिकाटिकामा गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाए ।
राप्रपा नेपालका कार्यकर्ताबीच दनदनी बलेको पुत्ला खोसाखोस हुने क्रममा सुन्धाराबाट रत्नपार्कतर्फ गइरहेको यात्रुसहितको माइक्रोबसमा आगो लागेको छ । माइक्रोबसमा आगो लागेपछि सहचालक गुडिरहेको अवस्थामा हामफाले । चालकले तिब्रगतिमा माइक्रो चलाएर सुरक्षा स्थानमा लगेपछि आगो निभाइएको छ । पुत्ला जलाउने क्रममा एक प्रर्दशनकारीलाई समेत आगोले पोलेको छ ।-तस्बिर /अनलाइन खबर