इजरायलको तिवेरियामा कार्यरत नेपालीभाषी महिलाले आखिर किन आत्महत्या गरिन ?
तेलअभिब, इजरायल । देशिक रोजगारीको क्रममा इजरायलको तिवेरियास्थित सुकुमदालेत मार्गमा कियरगिभरको रूपमा कार्यरत नेपालीभाषी सिक्किम स्थायी घर भएकी महिलाले आत्महत्या गरेकी छिन् । करिव डेढ वर्षअघी इजरायल प्रवेश गरेकी अन्दाजी ३५ वर्षिया अनु शेर्पा नामक महिलाले आफु वस्दै आएको अपार्टमेन्टमै झुन्डिएर आत्महत्या गरेको निजले काम गर्ने रोजगारदाताको छोरा इगालले इजरायलबाट संचालित अनलाइन न्युज पोर्टल नेपाल इजरायल डट नेटलाई जानकारी दिए ।
निजले काम गर्ने नजिकै तिवेरियामै कार्यरत नेपाली समाजसेवी सावी पाठकले दिनुभएको जानकारी अनुसार मृतकले काम गर्ने घरमा रोजगारदाता लगायत परिवार समेत रहेका थिए । उनी कियरगिभरको लागि छुट्टै अपार्टमेन्ट दिईएकोले साँझ काम सकेर आफ्नो अपार्टमेन्टमा छुट्टै रहने गर्थिईन् ।
विहान करिव ७:३० वजेतिर काममा नआएपश्चात रोजगारदाताको परिवारले फोन संपर्क गरेको र शेर्पाको फोन नउठेपश्चात कोठाको ढोका ढक्ढक्याएको त्यती गर्दापनि कुनै पत्तो नलागेपश्चात भर्याङमार्फत झ्यालवाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेको रोजगारदाताको पारिवारिक श्रोतले वताएको छ । घटनाको वारेमा थाहा हुने वित्तिकै तुरून्तै प्रहरीलाई खवर गरेको र प्रहरीले घटनास्थलको निरिक्ष ण गर्दै मृतकको शवलाई तिवेरियाको पुरिया हस्पिटलतर्फ लगेको जनाईएको छ ।
घटनाको वारेमा रोजगारदाताको छोरासंग सोधपुछ गर्दा हिजो साविककै खाना खाएर रोजगारदाताकै घरको माथिल्लो तल्लामा रहेको अपार्टमेन्टतर्फ गएकी थिईन् । घटनास्थलवाट मृतक शेर्पाले लेखेका चिठ्ठीहरू समेत प्रहरीले वरामद गरेको र अझै घटनास्थलमा रातो मसिले लेखिएको चिठ्ठी समेत रहेको घटनाको वारेमा वुझ्न घटनास्थल पुग्नुभएकी समाजसेवी सावि पाठकले जानकारी दिनुभयो ।
घटनाको प्रकृती हेर्दा निजले घरायसी कारणवाट आत्महत्या गरेको अनुमान लगाईएको छ । मृतक शेर्पा अक्टुवर ९ मा सिक्किम गएर अक्टुवर १६ मा इजरायल फर्केकी थिईन् । शेर्पा विवाहित महिला हुन् भने निजको अन्दाजी ११ वर्षिया एक छोरी रहेकी छिन् ।
( तिवेरियामै कार्यरत सावी पाठक र शशी केसीको सहयोगमा तयार पारिएको रिपोर्ट )