Header Ads

क्रिकेट टीमलाई पुरस्कृत गर्न राखेपले सिफारिस गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि विजेता नेपाली टीमलाई पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने बताएको छ ।

युगान्डालाई ६२ रनले हराउँदै नेपाल च्याम्पियन बनकोमा राखेप सदस्य सचिव युवराज लामाले खेलाडी र प्रशिक्षकलाई बधाइ दिएका छन् ।

 ‘नेपाली टोलीले हासिल गरेको उक्त सफलताका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत तत्काल नेपाल सरकार समक्ष सदाझै उचित पुरस्कारको व्यवस्थाका लागि सिफारिस गर्ने जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ।


Powered by Blogger.