Header Ads

नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बन्यो : आजको खेलमा युगाण्डा ६२ रनले पराजित

काठमाडौं, कात्तिक १३ । नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ को च्याम्पियन बनेको छ । विहीवार मलेसियामा भएको खेलमा युगान्डालाई ६२ रनले पराजित गरी च्याम्पियन बनेको हो । टस जितेर पहिला व्याटिङ गरेको नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य दिएको थियो ।

 युगान्डाले ४४ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन बनाउन सक्यो । नेपालका लागि शक्ति गौचनले २,बसन्त रेग्मीले २,सागर पुनले १,भुवन कार्कीले ४ र सोमपाल कामीले १ विकेट लिए । जीतसँगै नेपालले लिग चरणको पहिलो खेलमा युगाण्डासँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

 ईनिङ सकिन १ बल बाँकि हुँदा अल आउट हुदै २ सय २३ रनको योगफल बनाएको हो । ओपनर नरेश बुढाऐर ५१ र सागर पुन ६४ तथा कप्तान पारस खड्का १३ रनमा आउट भए ।

युडाण्डाका रोजर मुकासा एक्लैले ६ विकेट लिए । नेपाल यसअघिनै लिग च्याम्पियन बन्दै डिभिजन टु का लागि छनौट भइसकेको छ । यसैबीच नेपाली टोली भोली स्वेदेश फर्किने भएको छ ।
Powered by Blogger.