Header Ads

बलात्कारी प्रहरी सहायक निरीक्षक पक्राउ

बुटवल, कार्तिक १३ । जर्बजस्ती बलात्कार गरेको आरोपमा बुटवलमा नेपाली सेनाका जवान पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भवानी बक्स गण बुटवलमा कार्यरत कास्की हंसपुरका विश्वराज खनाललाई पक्राउ गरिएको हो ।

खनालले बुटवलको इट्टाभट्टीमा डेरागरी बस्ने १९ वर्षको  युवतीलाई आफु घुमुवा प्रहरी हुँ भन्दै जर्वजस्ती बलात्कार गरेको पीडित युवतीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

पीडित युवतीको उजुरीको आधारमा प्रहरीले खनाललाई पक्रेको हो । खनालले घटना अरुलाई बताए ज्यान लिने धम्की दिएको युवतीले बताएकी छन् ।

प्रहरीले खनालमाथि अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट ४ दिनको म्याद लिएको छ ।

Powered by Blogger.